कर्णाली सरकारमा एमाले तेस्रो पटक सहभागी, कँडेल मुख्यमन्त्री नियुक्त

सुर्खेत – कर्णाली प्रदेश सरकारको पहिलो पटक नेतृत्व गर्दै नेकपा एमाले तेस्रो पटक सरकारमा सहभागी भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच बनेको सत्ता गठवन्धनमा कर्णाली एमालेको भागमा परेपछि २१ चैतमा मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिएका थिए ।

सत्ता गठवन्धनमा भएको सहमती अनुसार मंगलबार नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेसँगै कर्णालीमा एमाले सरकारमा सहभागी भएको हो । शर्माले मुख्यमन्त्रीबाट राजिनामा दिएसँगै प्रदेश प्रमुख तिलक परियारले दलहरुलाई बहुमत पु¥याएर सरकार निर्माणका लागि दावी पेश गर्ने मिति आजलाई तोकेका थिए । सोही अनुसार दावी पेश भएपछि कँडेल मुख्यमनत्री नियुक्र भएका छन् ।

कँडेललाई एमालेका १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन छ । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन चाहिने आवश्यक संख्या २१ हो । जसमा गठवन्धनको पक्षमा २४ जना सांसद छन् । कँडेललाई सभामुख बाहेक २३ जना बहुमत सांसदको समर्थन छ ।

कँडेलले मुख्यमन्त्रीमा दावी पेश गरेपनि मन्त्रालय भागवण्डाको विषय भने टुङ्ग्एिको छैन । सत्ता साझेदार दल माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय आफूहरुले पाउनुपर्ने माग अघि सारेपछि भागवण्डमा कुरा नमिलेको जनाइएको छ । प्रदेश सरकारको दोस्रो कार्यकालमा एमाले सरकारमा सहभागि भएको यो दोस्रो पटक हो ।

१० पुस २०७९ मा माओवादी–एमालेबिच बनेको गठवन्धन भत्किएपछि २६ चैत २०७९ मा सरकारबाट बाहिरिएको एमाले त्यसको ठिक एक वर्षपछि सरकारको नेतृत्वसहित सरकारमा इन्ट्री मारेको हो । उति बेला एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए भने एमालेबाट तीन जना मन्त्री सरकारमा सहभागी भएका थिए ।