सुर्खेतमा वाणिज्य बैंकको शाखा कार्यालय उद्घाटन

सुर्खेत -­ सुर्खेत स्थित राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको, शाखा कार्यालय वीरेन्द्रनगर, सुर्खेतको समुद्घाटन गरिएको छ ।
आइतबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पहिलो शाखामा अत्याधिक चाप भएपछि ग्राहकको सुविधालाई ध्यानमा राखि दोस्रो शाखा स्थापना गरिएको बैंकले जनाएको छ ।

शाखाले आजदेखि सेवा सञ्चालन गर्ने छ । उद्धघाटन समारोहमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले सम्बन्धित सबैलाई शुभकामना ब्यक्त गरेका छन् ।