जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल भारतबाट वर्षा गराउने बादल नेपाल प्रवेश गरिरहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
भारतका उत्तरप्रदेश र उत्तराखण्डबाट वर्षा गराउने बादल नेपालका सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा प्रवेश गरिरहेको र त्यसले मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति सूचना जारी गर्दै मौसम महाशाखाले भनेको छ, ‘हाल सुदूरपश्चिम र लुम्बिनी प्रदेशको भूभागहरूमा भारतको उत्तरप्रदेश र उत्तराखण्ड भूभागबाट मेघगर्जनरचट्याङसहित वर्षा गराउने बादल विकसित भई नेपालमा आइरहेको र मेघगर्जनरचट्याङ, हावाहुरीसहित वर्षा हुनसक्ने हुनाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।’