काठमाडौं उपत्यकामा ६१८ सहित थप १२४६ जना कोरोना पुष्टि

काठमाडौं– काठमाडौं उपत्यकामा ६ सय १८ सहित थप १ हजार २ सय ४६ जना कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा ५ सय ७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जना नयाँ संक्रमित थपिएका छन्। बिहिबार नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ। त्यस्तै, हाल १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या १२ सय ४३ रहेको छ। हाल नेपालमा १ सय ८२ जना आइसियु र ३९ जना  भेन्टिलेटरमा उपचाररत छन् ।