खाद्यले कर्णालीमा पोषणयुक्त चामल बेच्ने

कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पोषण तत्वसहितको खाद्यान्न बिक्रीवितरण गर्ने भएको छ । साविक कर्णाली अञ्चलका बालबालिका र महिलामा देखिएको कुपोषण हटाउन पोषण तत्वसहित खाद्यान्न बाँड्न लागिएको हो ।

सधैं खाद्यान्नको अभाव रहने हिमाली जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सामान्य चामल बिक्री गरेको भए पनि यस पटकदेखि पोषणसहितको खाद्यान्न बिक्री गर्न लागिएको हो । यस्तो खाद्यान्न लिमिटेडको सिमकोटस्थित डिपोमा ढुवानी भएको छ । सधैं एकै खालको खानाको उपभोग उपभोक्ताले गर्ने भएका कारण भिटामिन र खनिज उचित मात्रामा नहुने भएका कारण महिला तथा बालबालिकामा पोषणको कमी हुने देखिएका कारण कम्पनीले पोषणयुक्त खाद्यान्न बिक्रीमा जोड दिएको छ ।

कर्णालीका यी जिल्लामा पोषणयुक्त खानेकुरा प्रशस्त उत्पादन हुने भए पनि उपभोक्ताले त्यसलाई सही तरिकाले उपभोग गर्न नजान्नु पोषणको कमी हुने मुख्य कारण भएको स्वास्थ्यकर्मीको भनाइ छ । कर्णालीका हिमाली जिल्लाहरुमा पठाउने पोषण तत्व मिसाइएको खाद्यान्नमध्ये हुम्ला जिल्लामा पाँच सय क्विन्टल खाद्यान्न पैदल मार्गबाट ढुवानी भएर आइपुगेको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा नविन आचार्यले बताए ।

यो खाद्यान्न नियमित कोटाकै खाद्यान्नबाट आउनेछ । कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरूमा आपूर्ति गरिने खाद्यान्नमा पोषण तत्व मिसाएर पठाउने कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गरेको हो । लिमिटेडको राजापुरस्थित आफ्नै मिलमा उत्पादित चामलमा भिटामिन, खनिज, फोलिक एसिड मिश्रणबाट तयार पारिएको चामलको आकारमा कर्नेलहरू ९एफआरके० मिसाइएको हो ।

उनले पोषण तत्व मिसाइएको चामल आइपुगेको र सो खाद्यान्न हाललाई सिमकोट गाउँपालिका वडा नं। ५ र ७ का छनौट भएका सेवाग्राहीलाई बिक्री गरिने बताए । विश्व खाद्य कार्यक्रमले गरेको अध्ययनमा यी दुवै वडामा स्थानीयमा कुपोषण देखिएको थियो । यो पोषण तत्व मिसाउने कार्यमा पनि कार्यक्रमले सहयोग गरिरहेको छ ।

पोषणयुक्त खाद्यान्न ९चामल० लाई लिमिटेडको शाखाले हालकै परल मूल्यमा बिक्री गर्नेछ । दुई वर्षका लागि कर्णालीका हिमाली तथा पहाडी जिल्लाहरु हुम्ला, डोल्पा, मुगु, जुम्ला, र कालिकोटका लागि ७२ हजार क्विन्टल पोषण तत्व मिसाइएको खाद्यान्न पठाएर बिक्री गरिनेछ । यसले स्थानीयको पोषणमा सुधार आउने विश्वास लिमिटेडले गरेको छ  -yugnews