समतामुलक समाज निर्माण गर्न सोनामल्होसारले प्रेरणा मिलोस् : प्रदेश प्रमुख परियार

सुर्खेत – कर्णाली प्रदेश प्रमुख तिलक परियारले सोनामल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै पर्वले समतामुलक समाज निर्माण गर्न प्रेरणा मिल्ने बताएका छन् ।

तामाङ समुदायको सांस्कृतिक पर्व सोनामल्होसार नयाँ वर्ष २८६० शुरु भएको दिनको अवसरमा प्रदेश प्रमुख परियारले कर्णालीबासी लगायत स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई शुभकामना व्यक्त गरेका हुन् ।

हरेक बर्ष सोनामल्होसार मन्जुश्री पात्रो अनुसार माघ शुक्लप्रतपिदादेखी पुर्णीमा सम्म तामाङ समुदायले पारीवारीक भेटघाट र सांस्कृतिक कार्यक्रम सहित धुमधामसँग पर्व मनाउने प्रचलन छ ।

प्रदेश प्रमुख परियारले सार्वजनिक गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषकि, बहुसांस्कृतकि तथा भौगोलकि विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता, सामाजिक, सांस्कृतकि ऐक्यवद्धता सहष्णिुता र सदभावलाई संरक्षण एवं प्रवद्र्वन गर्दै वर्गिय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लंैगकि विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थकि समानता समृद्धि र सामाजिक सुनश्चिति गर्न समानुपातिक समावेशी र सहभागीतामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्न सोनामल्होसार पर्व नयाँ वर्ष २८६० ले प्रेरणा प्रदान गरोस ।’