प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको साझेदारिमा संचालित बर्दिया जिल्लामा कार्यरत सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल, बाँके युनेस्को क्वब, बि गु्रपको पहलमा संयुक्तरुपमा परियोजना बारे जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ । बिषेश त परियोजनाको लक्ष्य उदेश्य र उदेश्यअनुसार लक्ष्य पुरा गर्नका लागी तय गरिएको कृयाकलाप तथा बजेटका बिषयमा छलफल गरिएको छ । परियोजनाका बिषयमा स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले बिधालय तहमा सिकाइ परियोजना मा भएका कार्यक्रमको बार्षिक बजेट १९,२७,०५२ र प्रायोजित संचार ब्यबस्थापन परियोजनाका ५ लाख बरावरको कृयाकलाप संचालन गरिने बताउनु भयो । भने बि गु्रप का कार्यक्रम अधिकृत सुर्य नेपालीले यस बाल बिबाह रोकथाम र यसको प्रभाव र परियोजनाले लिने अपेक्षा अनुसार संचालन कृयाकलापमा भएको बार्षिक बजेट १६८१४४० वरावरको बजेट रहेको जानकारी गराउनु भयो । भने युनोस्को क्लबका कार्यक्रम अधिकृत इशवर बिक बाट बार्षिक बजेट १५ लाख बराबरको कृयाकलाप योजना गरेको र यसका लक्ष्य उदेश्य यसको यसको प्रभावका बारेमा जानकारी गराएको थियो । भने उक्त बैठममा प्रस्तुत भएका परियोजनामा सहमागीहरु बाट कार्यक्रमका दौरानमा,यसको प्रभावकारीता, अनुगमनको मुल्याङ्गनको ब्यबस्था बारे उठेका सवालमा परियोजनाका मुख्य ब्यक्तिहरुले प्रस्ट पारिएको थियो । बैठकमा सहागीको रुपमा आफनो भनाइ राख्दै बढैयाताल गाँउपालीका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले यस पालीका भित्र सामाजिक बिकास को उदेश्यका साथ बिकासको साझेदारि गर्न आउनु भएका बिभिन्न संधसस्थाहरुलाइ स्वागत गदै यसको दिर्गकालिन लक्ष्य पुरा गर्न पालीका ले संयुक्त पहल गर्ने र आफुले जिल्ला बिकास समितीमा हुदा बनाएका दिर्गकालीन योजना यस पालीका भित्र गराउनु पर्ने र यस प्रति पालीकाले आगामी दिनमा यसको पहल गर्ने प्रतिबद्घता जनाउनु भयो । भने कार्यक्रमको समापन सत्रमा बोल्दै गाउपालिका उपाध्यक्ष दिपा गौतमले पालीका भित्र काम गर्ने संधसस्थाहरुको बिकासमा महत्वपुर्ण भुमिका खेलेको र पालीका तहले बिनियोजना गरेका बिभिन्न कृयाकलाप र संघसस्थाले गर्ने कृयाकलापमा साझेदारिको रुपमा गर्ने योजना बनाएको बताउदै यस पालीकाले समग्र बिकासको गुरु योजना निर्माणका लागी पहल भएको र पालीका साझेदारिका लागी हातेमालो गर्ने जानकारी ब्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बढैयाताल गाउपालीका प्रमुख लाल बहादुर श्रेष्ठ,उपाध्यक्ष दीपा कुमारी गौतम,प्रमुख प्रसाशकिय अधिकृत अर्जून सुबेदी,शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाल,महिला शाखा प्रमुख दुर्गा देबि हमाल,सामाजिक बिकास समिती कमल खड्का, नागरीक समाज संजाल बाल कृष्ण लामीछाने बाल अधिकार समिती प्रतिनिधि नेत्र उपाध्यया, वडा अध्यक्षहरुको सहभागीता रहेको र कार्यक्रम संचालन बाँके युनोस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बिक बाट गरिएको जानकारी सिकाइ परियोजना लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
ताजा खबर