कर्णालीमा गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड जारी

फाइल तस्विर

सुर्खेत – कर्णाली प्रदेशमा गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड जारी गरिएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली प्रदेशमा व्यावसायिक पशुपालन फर्महरुले अवलम्वन गर्नुपर्ने गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड, २०८० जारी गरेको हो ।

शुक्रबार मन्त्रालयमा आयोजित डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्यान्वयन सम्बन्धि मिडिया ब्रिफिङ कार्यक्रमका अवसरमा गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड सार्वजनिक गरिएको छ । मापदण्ड सार्वनिक गर्दै मन्त्रालयका सचिव डा. नरहरि प्रसाद घिमिरेले उक्त मापदण्ड कर्णालीका व्यावसायिक पशुपालन फर्महरुले अवलम्वन गरेनरेको समेत अनुगमन गरिने भन्दै कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभयो ।

गाईभैंसी कल्याण सम्बन्धी मापदण्डमा कुनै पनि पशुलाई भोक, प्यास र कुपोषण हुन नदिने । डर, त्रास तथा तनाव हुन नदिने । भौतिक र शीत तथा तापजन्य अविधा हुन नदिने । पिडा, चोडपटक र रोगब्याधिबाट सुरक्षित राख्ने र सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने अवस्था सृर्जन गर्नुपर्ने जस्ता बुँदाहरु उल्लेख गरिएका छन् ।

पशु कल्याण सम्बन्धी कार्य गर्ने उद्देश्यले स्नेहाज केयरले विगत ८ वर्षदेखि पशु कल्याणका क्षेत्रमा आवाजविहिन पशुपन्छीहरुको उपचार, उद्धार तथा पुनर्स्थापनाका लागि विभिन्न गतिविधिहरु संचालन गरिरहेको छ । स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठका अनुसार संस्थाले पशु कल्याणको क्षेत्रमा दिगोपना सुनिश्चित गर्नका लागि नेपाल सरकार र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गर्दै राज्यको नीतिगत क्षेत्रमा पशु कल्याणका विषयहरुलाई समावेश गर्न लागिपरेको छ ।

यस्तो छ, गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड, २०८० जारीपछि सार्वजनिक प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

उपस्थित आदरणीय महानुभाव एवं सम्पूर्ण सञ्चारकर्मी मित्रहरु ! सर्वप्रथम असल अभ्यास अबलम्वन गर्दै पशुपन्छीजन्य उपजको उत्पादन बृद्धि गर्न, त्यस्ता उत्पादनहरुको स्वच्छता अभिवृद्धि गर्न र पशुहरु प्रति हुने चरम क्रूरता कम गरी, पशु कल्याणको अवस्थामा उल्लेख्य सुधार हुन आवश्यक भएको परिप्रेक्ष्यमा कर्णाली प्रदेशलाई प्राङ्गारिक कृषि प्रदेशको रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारको निर्णयलाई पशु कल्याणको सन्दर्भबाट सम्बोधन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली प्रदेशमा व्यावसायिक पशुपालन फर्महरुले अवलम्वन गर्नुपर्ने गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड, २०८० जारी गरेको छ । आज २०८० साल पुस १३ गते बिहान मन्त्रालय, स्नेहाज केयर र नेपाल फार्मर्स एडभाईजरी काउन्सील प्रा.लि. को संयुक्त प्रयासमा सरोकारवालाहरु बीच समग्र पशु कल्याण र विशेष गरी गाईभैसी कल्याणका विषयमा विस्तृत छलफल गयौँ ।
पशु कल्याण सम्बन्धी कार्य गर्ने उद्देश्यले वि.सं. २०७२ (सन् २०१५) मा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २१ मा स्थापित स्नेहाज केयरले विगत ८ वर्षदेखि पशु कल्याणका क्षेत्रमा आवाजविहिन पशुपन्छीहरुको उपचार, उद्धार तथा पुनर्स्थापनाका लागि विभिन्न गतिविधिहरुका साथै सामुदायिक कुकुरहरुको जनसङ्ख्या नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालन, रेविज रोग उन्मुलनका लागि बृहत्तर रेबिज विरुद्धको खोप कार्यक्रम सञ्चालन, बेवारिसे गाई बाच्छाहरुको उद्धार, उपचार तथा पुनर्स्थापना, लामो दुरीमा पशु ढुवानी गर्दा, अव्यवस्थित ढुवानीका कारण पशु प्रति भईरहेको क्रूरता कम गर्नको लागि विभिन्न कार्यक्रम, हिमाली क्षेत्रमा प्रयोग गरिने भारवाहक पशुको कल्याणका निम्ति कार्यक्रम, पशु कल्याणका लागि बोटविरुवामा आधारित खानेकुरा सम्बन्धी सचेतनामूलक सामुदायिक शिक्षा कार्यक्रमका साथै विद्यार्थीहरुका लागि पशु कल्याण तथा मानवता सम्बन्धी सचेतना तथा ज्ञानमूलक शैक्षिक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आईरहेकोले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्राङ्गारिक मिसनमा पशु कल्याणको माध्यमबाट सहयोग पु–याउन जोडिन आएको छ ।
पशु कल्याणको क्षेत्रमा दिगोपना सुनिश्चित गर्नका नेपाल सरकार र सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गर्दै राज्यको नीतिगत क्षेत्रमा पशु कल्याणका विषयहरुलाई समावेश गर्न स्नेहाज केयरले गरिरहेको प्रयासमा नेपाल फार्मर्स एडभाइजरी काउन्सिल समेत जोडिको छ । स्नेहाज केयर र नेपाल फार्मर्स एडभाईजरी काउन्सिल समेतको सहकार्यमा कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मिति २०८० पुस ४ गते देखि लागु हुने गरी जारी गरेको कर्णाली प्रदेशमा व्यावसायिक पशुपालन फर्महरुले अवलम्बन गर्नुपर्ने गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड, २०८० को कार्यान्वयनका सन्दर्भमा हामी बीचको सहकार्य कोशेढुङ्गा साबित हुने महसुश गरेका छौं। यस मापदण्डले सम्बोधन गर्ने पशु कल्याणका ५ स्वतन्त्रताहरु निम्नानुसार छन् ।
१. भोक, प्यास र कुपोषण हुन नदिने,
२. डर, त्रास तथा तनाव हुन नदिने, २
३. भौतिक र शीत तथा तापजन्य अविधा हुन नदिने
४. पिडा, चोडपटक र रोगब्याधिबाट सुरक्षित राख्ने, र
५. सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने ।
यस मापदण्डमा दूध उत्पादनका लागि पालिएका पशु बाहेक भाववहन प्रयोजनका लागि प्रयोग गरिने बहर, गोरु, तान्ने बाहेक थारो र अनुत्पादक पशुप्रति गरिने व्यवहार एवं अपनाईने विधिबारे उल्लेख गरिएको छ । छाडा त पशुको व्यवस्थापन सम्बन्धमा पनि मापदण्डमा व्यवस्था गरिएको छ ।
गाईभैंसी प्रति निर्दयी व्यवहार गर्न नहुने र गाईभैंसी प्रतिको जिम्मेवारी र उत्तरदायित्वका सम्बन्धमा समेत मा व्यवस्था गरेको छ। यस मापदण्डमा तोकिएको ढाँचामा तयार गरिएको पशु कल्याण मापन सूचक अनुसार पशु अवस्थाको मापन गर्ने र सो को अनुगमन मन्त्रालयबाट हुने, व्यवसाय विकास र सो को कार्यान्वयनको पक्ष समेत भएका छन् । त्यस्तै, गाईभैंसीको ढुवानीमा सुधार ल्याउन वैज्ञानिक विधिहरुको अवलम्बन गर्ने भनिएको छ ।
नेपालको सङ्घीय सरकारले पशु कल्याण विधेयक तयार गरी सम्मानित सदनमा पेश गर्ने तयार गरी रहेको अवस्थाम ऐन स्वीकृति र कार्यान्वयनको वातावरण तयार गर्न सबै कृषकहरु एवं यस पेशामा संलग्न संघसंस्थाहरुले पशु कल्या व्यवस्थापनमा स्वस्फूर्त सुधार गरुन भन्ने यस मापदण्डको उद्देश्य रहेको छ ।
वर्षौंदेखिको पशु कल्याण स्थापनाको अभियानलाई राज्यले पहिचान गरी सम्मान गर्दै सहकार्य हुनु हामी सबैको लागि ख;ीको कुरा हो । हामी यस मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रयासहरु जारी राख्ने प्रतिवद्ध व्यक्त गर्दै यस किसिमका उदाहरणीय कार्यको सकारात्मक तवरले प्रचारप्रसार गरिदिनुहुन राज्यको चौंथो अङ्ग पत्रकारि जगतका तपाईं सम्पूर्ण सञ्चारकर्मी मित्रहरुलाई हार्दिक अनुरोध गर्दछु । साथै यो मापदण्ड तयार गर्ने मन्त्रालय कार्यान्वयनका लागि पहल गर्ने प्रदेश सरकार, स्थानीय सरकार एवं सम्पूर्ण आदरणीय कृषक दाजुभाई त दिदिबहिनीहरुप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछौं। यस मापदण्डको सफल कार्यान्वयनले कृषकस्तरमा गुणस्त उत्पादन सुनिश्चित पशुकल्याण सहितको स्वस्थकर पशुपन्छीजन्य उत्पादन उपभोग गर्न पाउने उपभोक्ताको अधि सुनिश्चित हुने, स्वच्छ उत्पादनको निर्यात प्रवर्द्धनमा टेवा पुग्ने र पशु कल्याण प्रति प्रतिवद्ध समुन्नत समाज निर्माण गर्न’ हुने विश्वास लिएका छौं । धन्यवाद !

स्नेहा श्रेष्ठ
अध्यक्ष
डा. नरहरि प्रसाद घिमिरे
सचिब
स्नेहाज केयर, ललितपुर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कर्णाली प्रदेश, वीरेन्द्रनगर सुर्खेत,
मितिः २०८०÷०९÷१३
डा. विमल कुमार निर्मल
प्रबन्ध निर्देशक
नेपाल फार्मर्स एडभाईजरी काउन्सिल प्रा.लि.