कर्णाली प्रदेशका सांसद श्रेष्ठ कोरोना मुक्त

सुर्खेत – कर्णाली प्रदेश सभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठ कोरोना संक्रमणबाट मुक्त भएका छन् । संक्रमण देखिएको १० दिनपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुन: स्वाब परीक्षणमा उनी संक्रमण मुक्त भएका हुन् ।

सांसद श्रेष्ठ १० अघि जुम्ला आएको समयमा प्रतिष्ठानमा भदौँ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपनि पुन: परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको सांसद श्रेष्ठले बताएका छन् ।

यसअघि कोरोना संक्रमण देखिएका जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, उद्योग वाणिज्य संघका अध्यक्ष रजवअलि मनियार, क्षेत्रीय होटेल संघ जुम्लाका अध्यक्ष डिलबहादुर महत, शिक्षिका भगवती श्रेष्ठ, हातेमालो जुम्लाका निर्देशक टेकबहादुर रावत पनि कोरोना मुक्त भएका हुन् ।