एमालेको संकल्प यात्रा दैलेख हुँदै सुर्खेत

 

 

काठमाडौं – नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा दैलेख पुगेको छ ।

आजै एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको दुल्लु भैरबीस्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकसमेत गर्नुभएको छ ।

एमालेले शुरु गरेको झुलाघाट चिवाभञ्याङ यात्राका अभियान अन्तर्गत आज सुर्खेतमा आयोजना गरिएको जनसभामा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

यात्रा अन्तर्गत नेकपा एमालेका अध्यक्ष ओलीले स्थानीय नेता, कार्यकर्ता तथा एमालेका शुभेच्छुकहरूसँग सामूहिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

अध्यक्ष ओलीले आजै उद्योगी, व्यापारी, बुद्धिजीवीहरूसँग सुर्खेतका समस्या र सम्भावनाका बारेमा छलफल गर्ने कार्यक्रम पनि रहेको छ ।