सुर्खेत – जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् । मदिरा सेवन गरेर महिलामाथि दुर्व्यवहार गरेको उनी विरुद्ध उजुरी परेपछि गृहमन्त्रालयले निलम्बन गरेको हो ।
प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट समेत उनलाइ हटाएको छ । हाल डीएसपी भीमलाल कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएका छन् । भट्टराईको ठाउँमा रवीन्द्र खनाललाइ हुम्ला पठाइएको प्रहरी स्रोतले बताएको छ ।