सुर्खेत – मुगुमा भएको घटनाको थप अनुसन्धान गर्न प्रहरी तालिम केन्द्र नेपालगन्जबाट अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको छ । हिजोदेखि घटनास्थल सुरक्षित राखेर प्रहरीले आज बिहानदेखि अनुसन्धान गर्ने र शव उठाउने तयारी गरेको छ ।
शुक्रबार बिहान ९ बजे फेला परेको ४ जनाको शव अझै उठाइएको छैन । अपराध अनुसन्धानमा क्राइम सिन विश्लेषण महत्वपूर्ण मानिन्छ । त्यसैले प्रहरीले अनुसन्धानमा ‘मिस लिड’ नहोस् भनेर सुरक्षा दिएर शव र घटनास्थल सुरक्षित राखेको हो ।
नेपालगन्जबाट प्रहरीको फरेन्सिक टोली समेत मुगु पुगेको छ । केही ब्यक्तिमा निगरानी बडाइएको छ । छायानाथरारा नगरपालिका–६ मन्दुका श्रीदवी बोहरासहित उनका तीन छोराछोरीको शव फेला परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार र ढुंगा प्रहरी गरी हत्या गरिएको आशंका छ ।आन्तरिक रिसिबी हत्याको कारण हुनसक्ने मुगु डीएसपी वीरेन्द्र थापाले बताएका छन् । केही व्यक्तिमाथि हत्याको आशंका गरिएको र उनीहरूको निगरानीमा सादा पोसाकका प्रहरी खटिएको उनले बताए ।