कर्णाली प्रदेश निजामती सेवा विधेयक प्रमाणीकरण

सुर्खेत – कर्णाली प्रदेश निजामती सेवा विधेयक प्रमाणीकरण भएको छ । कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको हो ।

कर्णाली प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाबाट असोज २२ गते पारित भएको उक्त विधेयक २५ गते प्रदेश सभामुखबाट प्रमाणित भई प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पठाइएकोमा थियो ।

सो विधेयक असोज २९ गते नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख तिलक परियारले विधेयक प्रमाणीकरण गरेका हुन् ।