आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : आज दुई खेल

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार दुई खेल हुँदैछन्। भारतमा जारी प्रतियोगिता अन्तर्गत आज अफगानिस्तान र बंगलादेश तथा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुन लागेको हो।

बिहान पौने ११ बजे हिमाचल प्रदेशको धर्मशाला रंगशालामा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली आज पहिलो जितको लक्ष्यसहित मैदान उत्रिँदैछन्। पछिल्ला पाँच एक दिवसीय क्रिकेटमा अफगानिस्तानले ३ तथा बंगलादेशले २ खेलमा जित निकालेको छ।

यस्तै आजै दिउँसो सवा २ बजे दिल्लीमा हुने खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । चिरपरिचित यी दुई प्रतिस्पर्धी आजको खेल जित्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन्। पछिल्ला पाँ खेलमा दक्षिण अफ्रिकाले तीनमा जित निकाल्दा श्रीलंकाले दुई खेल जितेको छ।