रेड पाण्डाको छाला सहित ५ जना पक्राउ

बाँके – जिल्ल्ला प्रहरी कार्यालय बाँकेको सक्रियतामा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला, दाँत र नग्रासहित ५ जनालाई पक्राउ गरिएको छ ।
आईतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत प्रहरी प्रमुख ओमबहादुर रानाले बाँके बैजनाथ गाँउपालिका वडा नं. ०१ स्थित गगन थारुले सञ्चालन गरेको डेनियाल रेष्टुरेण्टमा दुर्लभ वन्यजन्तु (रेडपाण्डा) सहित ५ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

 पक्राउ पर्ने ब्यक्तिहरु जाजरकोट कुसे गा.पा.वडा नं. ६ वस्ने वर्ष ३२ का कृष्ण वली, वडा नं.९ वस्ने वर्ष २८ का ईन्द्रबहादुर नेपाली, सुर्खेत भेरीगंगा न.पा.वडा नं. ५ वस्ने वर्ष ३० को जयबहादुर कामी, वर्ष २५ को गणेश वि.क., वडा नं.१२ वस्ने वर्ष ३६ को देवबहादुर बाँठा रहेको प्रहरी प्रमुख  रानाले बताए ।

देवबहादुर बाठा, गणेश बि.क., जयबहादुर बि.क. र कृष्ण बलीलाई चेकजाँच गर्ने क्रममा निजहरु बसेको कोठाको खाटमुनी लुकाई राखेको नग्रा, दाँत, रेड पाण्डाको छाला बरामद गरि नियन्त्रणमा लिएको प्रहरी प्रमुख रानाकाे भनाई छ।

प्रहरी प्रमुख रानाका अनुसार ईन्द्रबहादुर नेपालीले बदामद रेडपाण्डाको छाला जाजरकोट कै लोकेश सिंह बाट रु. १ लाखमा खरिद गरेको र निजले उक्त छाला कृष्ण वलीलाई दिएको, कृष्ण वलीले गणेश वि.क. लाई दिएको, गणेश वि.क.लगायतले सुर्खेत छिन्चुबाट उक्त छाला रु. ४०, लाखमा बिक्री गर्ने भनी बाँकेमा ल्याएको हाल गरिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफ २६ (क) बमोजिमको १० लाखसम्म जरिवाना र ५ वर्षदेखी १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी ब्यबस्था रहेको प्रहरीकाे भनाई  छ ।