काठमाडौं – मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु भएको छ । ६.८ म्याग्निच्यिुडको शक्तिशाली भूकम्प जाँदा २९६ जनाको ज्यान गएको मोरक्कोको गृह मन्त्रालयले बताएको बीबीसीले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर दक्षिणपश्चिमको उच्च एटलस पर्वतमा रहेको समाचारमा उल्लेख छ । यसको केन्द्र भूमिगत १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।
भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । भूकम्प स्थानीय समयअनुसार राति ११ : ११ बजे भएको बीबीसीले जनाएको छ ।