यादवमाथि आक्रमण : पहिले मजाले भाषण सुने, निस्किँदा पिछा गरेर खुकुरी हाने

काठमाडौँ – नेपाली कांग्रेसका सह(महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबहादुर सापकोटाले पहिले भृकुटीमण्डपस्थित रिपोर्टस् क्लबको हलमा बसेर यादवकै भाषण सुनेका थिए।

तस्वीरमा उनी हलको अग्रभागमा सामान्यरुपमा बसिरहेका देखिन्छन् । भाषण सकिएर बाहिर गएपछि गाडी चढ्नै लाग्दा उनले यादवमाथि खुकुरी हानेका पाइएको छ। पिछा गरेर खुकुरी हानेको देख्नेहरुले बताएका छन्।

उनको गर्धनमा गम्भिर चोट लागेको र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

सापकोटालार्ई खुकुरीसहित प्रहरीले पक्राउ पनि गरिसकेको छ। उनले राष्ट्र बचाउनका लागि भन्दै प्रहार गरेको बताएका एक प्रहरीले जानकारी दिए।