कर्णाली राजमार्ग अवरुद्ध, सुर्खेतका जोखिम ठाउँमा ‘अर्लट’ जारी

सुर्खेत – अविरल वर्षाका कारण पहिरो खस्न शुरु भएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरो गएपछि कर्णाली राजमार्गको सुर्खेत खण्ड अवरुद्ध बनेको हो ।

राजमार्गको बड्डीचौर–तल्लोडुंगेश्वर सडक खण्डको बराहताल गाउँपालिकाको वडा नम्बर १० कल्यानकाँधमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

उनकाअनुसार सडकमा पहिरो खस्दा गाडीहरु रोकिएको र सडक सुचारु गर्न बराहताल गाउँपालिकाको डोजर पठाउने तयारी भइरहेको छ ।

यता निरन्तर वर्षा बढेसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभरका जोखिम ठाउँमा अलट जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतकाअनुसार जिल्लाको बराहताल गाउँपालिकाको चेपाङ, साझघाट, तरंगा, पाक्मा र रानीघाटका गाउँ र पञ्चपुरी नगरपालिको तिखाकुना, वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर २, ३, ९ र १० का विभिन्न स्थान बाढि तथा डुवानको जोखिममा छन्।

प्रशासनले बबई, भेरी र कर्णाली नदीका तटीय क्षेत्रका नागरिकलाई उच्च सर्तक अपनाउन आग्रह गरेको छ।

यी स्थानका नागरिकहरुलाई सजग हुनका लागि सम्बन्धि वडाका जनप्रतिनिधिहरूलाई तयारी अवस्था रहनका लागि सुचना गरिएको छ।

प्रशासनका सुचना अधिकारी विष्नुप्रसाद न्यौपानेका अनुसार यदी कुनै पनि स्थानमा बिपत्ले क्षती पु¥याएको खण्डामा उद्धारका लागि सुरक्षा निकायालाई तैनाथ अस्थामा राखिएको छ।

यता वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरको पालिकाको तल्लो भूभाग डुबानमा पर्ने भएकाले त्यहाँका नागरिकलाई सुरक्षीत स्थानमा बस्नका लागि सूचना गराई गरिसकेको जानकारी दिइन्।

नगरप्रमुख ढकालले प्रशासनको समन्वयमा जोमिखमा रहेकका वडा कार्यालयका वडाध्याक्षहरूलाई तयारी अवस्थामा रहनका लागि निर्देशन गरिएको बताईन।

यस्तै, मौसमविद्का अनुसार सुर्खेत जिल्ला भर र दैलेखको अधिकाशं भागमा भारी बर्षा भईरहेको छ। गएरातिदेखि परेको अविरल वर्षा तत्कालै कम हुने संकेत नदेखिएको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अधिकारीका अनुसार दैलेख, सुर्खेत भन्दा बढी बर्दियाको भागमा बर्षा भइरहेको छ। बिहानदेखि कोशी, बागमती, गण्डकी, लुम्बिनीका धेरै जसो स्थान तथा कर्णाली र सुदुरपश्चि प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ।