सीता दाहालको शव पेरिसडाँडा लगिने, पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा राखिने भएको छ।

आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएकी दाहालको शव बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म पेरिसडाँडामा राखिने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने उनले बताए।