सल्यानमा गुडिरहेको गाडीमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु

सुर्खेत – सल्यानमा गुडिरहेको गाडीमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका–३, स्थित चोरखोला नजिक गुडिरहेको बसमा बिहीवार करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने, एक जना गम्भिर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसीका अनुसार मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका ४ का अन्दाजि ७० वर्षिय बालाराम डाङ्गी र उनका छोरा अन्दाजी ४० वर्षिय टोपलाल डाङ्गी रहेका छन् ।

घाइते हुनेमा गाडी साहु सल्यानको छत्रेश्वरी गाउँपालिका ६ का अन्दाजी ३३ वर्षिय महेन्द्र वली रहेका छन् । सल्यानबाट रोल्पाका लागि छुटेको रा १ ख ८३४ नम्बरको बसमा विद्युतको पोललाई सपोर्ट दिन राखिएको तारका कारण बसमा करेन्ट लागेकोे प्रहरी प्रमुख केसीको भनाई छ । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।