आज देशभरका पालिकाले बजेट सार्वजनिक गर्दै

देशभरका स्थानीय तहले आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछन् ।

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार हालसम्म १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् भने बाँकी रहेका स्थानीय तहले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।