प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथि छलफल

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल जारी छ।

बिहीबार बिहान ११ बजे शुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ।

छलफलमा सांसदहरूले बजेटमाथि आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ। बुधबारको बैठकमा पिन बोल्न नपाएका सांसदले बिहीबार धारणा राख्नेछन्।

प्रतिपक्षका साथै सत्तारुढ दलका सांसदले पनि बजेटको आलोचना गरिरहेका छन्।