भारत भ्रमणको तेस्रो दिन आज के के गर्छन् प्रधानमन्त्रीले ?

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण आज (शुक्रबार) तेस्रो दिनमा प्रवेश गरेको छ।

आज उनी मध्यप्रदेशको इन्दोर प्रस्थान गर्ने कार्यसूची छ। त्यहाँ प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशका राज्यपालसँग भेट गर्नाका साथै इन्दोरमा अध्ययन भ्रमणसमेत गर्ने कार्यक्रम छ।

हिजो (बिहीबार) प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्दै विभिन्न सहमतिमा हस्ताक्षर गरेका छन्।

यस्तै उनले बिहीबार भारतका उपराष्ट्रपति र राष्ट्रपतिलाई पनि भेटे। प्रधानमन्त्री प्रचण्ड चौथो दिन अर्थात् शनिबार अपराह्न ४:२० बजे दिल्लीबाट काठमाडौं फर्किने तालिका छ।