बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ – बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ बजेर ६ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

बझाङसहित छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। यसअघि सोमबार साँझ मात्र बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो।