काठमाडौं-युवा सन्देशका रचनाकार, किड्नी क्लबका अभियान्ता तथा महासचिव जनप्रजातान्त्रिक पार्टीका संस्थापक प्रदीप शर्मा ढकालले जन मानसमा मृर्गौला दान गर्न अभिपे्ररित गर्ने उद्देश्यले मृगौला दाता क्लबको गठन गर्ने विचार रहेको कुरा बताउनुभएको छ ।
हामीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । अंग प्रत्यारोपण केन्द्रले मृत्यु पश्चात अंगदान गर्न इच्छुक ब्यक्तिहरुलाई सदस्यता प्रदान गरिरहेको छ । उहाँले तीनै सदस्यहरु मध्यबाट मृर्गौला दाता क्लब गठन गर्न लागेको जानकारी दिनुभयो । नेपालमा मृर्गोला दाताहरुको अभाव भइरहेको र कानुनी व्यवधानले गर्दा कतिपय मृर्गौला रोगीहरुको विदेश गई ठुलो धनराशि खर्च गरेर मृर्गोला प्रत्यारोपण गरिरहेको परिपेक्षमा यस क्लबको स्थापनापछि यसको सहजताको लागि बाटो खुल्ने भनाई ढकालको छ ।
गीतकार ढकालको हे युवा हो जाग जाग अडियो सिडी बजारमा छ । विभिन्न पत्रपत्रिकामा फुटकर रचना प्रकाशित गर्दै आउनुभएका ढकाललले पुस्तकको रुपमा आफ्नो कृति निकट भविष्यमा आउदै गरेको जानकारी समेत दिनुभयो । हे युवा हो जाग जाग स्वदेश गान अडियो सिडीको विमोचनको अवसर पारेर २०७० माघ १ गते गीतकार प्रदीप शर्मा ढकाल लगायतले मृगौला दानको घोषणा गर्नुभएको थियो ।
साथै ढकालले मृत्यु पर्यन्त शरीर दान पनि गर्नुभएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पुस २७ गतेको अवसरमा ढकालले निजामति कर्मचारी अस्पताललाई मृत्यु पर्यन्त शरीर दान गर्ने घोषणा गर्नुभएको छ । साथै उहाँले पृथ्वीनारायण शाहको वृतान्त समेटेर भजन पनि अबको केहि दिनमै आउदै गरेको जानकारी दिनुहुदै भिजलाइजमा बस्न चाहनेहरुले उहाँको सम्पर्क नम्बर ९८०८१७६६९२ र माधव तिमिल्सैनाको सम्पर्क नम्बर ९७४९७१०१९२ मा सम्पर्क गर्न सक्नुहुने छ ।