काठमाडौं – सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज छलफल हुँदै छ । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पहिले बोल्ने भएका छन् ।
एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद्मा छलफलका क्रममा अध्यक्ष ओलीले बोल्ने बताए ।
उनले भने, “हाम्रो पार्टीको तर्फबाट सरकारको नीति तथा कार्यक्रमबारे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पहिले बोल्नुहुन्छ । समसामयिक विषयमा पनि बोल्नुहोला ।” संसद्मा आजदेखि नीति तथा कार्यक्रममा छलफल हुँदै छ ।