दर्ता भयो ‘यात्री’ मोटरसाइकल

काठमाडौँ – सरकारी निकायले दर्ता नगरिदिएर तनावमा परेका स्वदेशी मोटरसाइकल ‘यात्री’ अन्ततस् कानुनी रूपमा दर्ता भएको छ।

यात्री डिजाइन स्टुडियो प्रालि नामले कम्पनी दर्ता भएको हो। यात्रीले ३ वर्षअघि आफ्नो उत्पादन सार्वजनिक गरेको थियो। एक वर्षअघि नै आफ्नो उत्पादन डेलिभर गरे पनि कानुनी जटिलताका कारण बजार विस्तार हुन सकेको थिएन।

उक्त समाचार सार्वजनिक भएपछि सर्वसाधरणले सरकारलाई यातायातत व्यवस्था कार्यविधि संशोधनका लागि दबाब दिएका थिए। गत वैशाखमा यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधन गरेपछि यात्रीलगायत अन्य स्वदेशी सवारी दर्ताको बाटो खुलेको हो।

यात्रीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् मोटरसाइकल दर्ता भएको जानकारी गराएको छ। यात्रीले आफ्नो स्पेसियल सिरिजको यात्री पी(१ मोटरसाइकल दर्ता भएको बताएको छ।

गत वैशाख १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यात्री निर्माण टिमलाई भेटेका थिए। भेटपछि उनले विभागलाई ‘यात्री’ मोटरसाइकल दर्ताका लागि कानुन बनाउन निर्देशन दिएका छन्।