काठमाडौं – नवजात शिशुहरूमा जुनसुकै समय खतराका लक्षणहरू देखापर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
छिटो छिटो सास फेर्नु (प्रतिमिनेट ६० वा सोभन्दा बढी पटक), कोखा हान्नु, सुस्त, बेहोस वा कम चलाई हुनु खतराको लक्षण भएको मन्त्रालयले जनाएको छ ।
शीतागं हुनु, नाइटो पाक्नु वा छालामा पिपका फोकाहरू आउनु, ज्वरो आउनु, आमाको दूध राम्ररी चुस्न नसक्नु, दूध खाने बित्तिकै सबै बान्ता गर्नु नवजात शिशुमा देखिने खतराका लक्षण भएको मन्त्रालयले जनाएको छ ।
यस्ता लक्षण देखिएमा शिशुलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्ने मन्त्रालयले बताएको छ । यस्तो अवस्थाम शिशुलाई स्वास्थ्य संस्था पुर्याउनु ढिलो गर्न नहुनेमा मन्त्रालयको जोड छ ।