सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

काठमाडौँ – सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ। जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

त्यसअघि जेठ ४ गते प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूसँग छलफल गर्दैछन्। सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुुअघि नीति तथा कार्यक्रमको तयारी तिव्र रुपमा अघि बढाएको छ।