स्याउ खेती असिनाले सखाप, किसान चिन्तित

मुगु- हिमाली जिल्ला मुगुमा यस वर्ष असिना पानीले स्याउ सखाप पारेको छ । लगातार वर्षा र असिना अत्याधिक मात्रामा परे पछि यस वर्ष असिना पानीले स्याउ सखाप पारेको हो । गत वर्ष भण्डारण गर्न पनि धौ–धौ पर्ने स्याउ यस वर्ष असिना पानी लगातार परे पछि अधिकांस कृषकहरुका स्याउमा क्षति पुगेको छ ।

  छायानाथ रारा नगरपालिका वडा नं ५ का कृषक कर्ण बहादुर भामका अनुसार, गत वर्ष स्याउको उत्पादन निकै फस्टाएको थियो । यस वर्ष भने असिनाले पुरै स्याउलाई नोक्सन पारेको छ । त्यस्तै छायानाथ रारा नगरपालिका वडा नं ५ कै किसान विष्णु माया रोकायले स्याउ खेति बाटै जिवन निर्वाह गर्ने गरेको बताउदै यस वर्ष भने असिनाले स्याउमा क्षेती पु¥याएको बताइन्।

मनिशा फलफुल तथा तरकारी उद्योग समेत सञ्चालन गरेकी रोकायाले गत वर्ष स्याउ बेचेरै ५ लाख भन्दा बढि आम्दानि गरेको बताएइन् । यस वर्ष भने कुनै पनि आम्दानि नहुने उनको भनाई छ ।जिल्ला कृषि विकास कार्यालय मुगुका अनुसार जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिका—९ कालै र सिड् िगाँउमा स्याउ उत्पादन हुन्छन् भने छायानाथ रारा नगर पालिकाका ताल्च , बाम , रोवा , शोभा , लगायत अन्य ठाउँमा स्याउको पकेट क्षेत्र मानिन्छ ।

तर यस पटक भने स्याउ पकेट क्षेत्र मानिएका स्थान बाट हुनु पर्ने स्याउ उत्पादन नहुने जिल्ला कृषि विकास कार्याल मुगुका कार्यालय प्रमुख पञ्च लाल बुढाले बताए । उनका अनुसार, गत वर्षमा स्याउ अत्याधिक मात्रामा उत्पादन भएको थियो । यस वर्ष भने किसानले चाहेको जस्तो स्याउ उत्पादन नभएको उनि बताउछन् ।

असिना पानीले स्याउ बारीमै क्षेति पु¥याए पछि किसान चिन्तित भएका छन् । उनले भने, “गत वर्ष स्याउ खेति बाट मुगुका किसानले निकै आम्दानि गरेकाथिए । यस पटक किसानले सोचेको जस्तो आम्दानि नहुने देखिएको छ ।”