नेपालगन्ज – बाँकेमा बर्दियाली समाज गठन गरिएको छ । मंगलवार बर्दियाली समाजका निवर्तमान अध्यक्ष इश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले बर्दियाली तदर्थ समाज गठन गरिएको हो ।
२०७५ सालमा तदर्थ समिति गठन भई समाजले पुन : समिति गठन गरिएको छ । समाजले नयाँ नेतृत्व भिम बहादुर रानाभाटको अध्यक्षतामा १३ कार्यसमिति गठन गरि पुर्णता दिने निर्णय गरेको छ। बर्दियाली समाजको उपाध्यक्षमा हरि प्रसाद तिमिल्सेना, सचिवमा टंकनाथ धमला, सह सचिवमा अक्षरी पोखरेल, कोषाध्यक्षमा विष्णु बहादुर रिमाल सर्व सम्मत चयन भएका छन् ।
यस्तै समाजको सदस्यमा बुद्धि बहादुर विक, धर्मेन्द्र बहादुर बोहरा, राम बहादुर शाही, तरुण बर्ज्रचार्य, चेतनारायण शर्मा, माधव अधिकारी, भगतराम थारु, पुनम पौडेल रहेका छन् । बर्दियामा जन्मथलो भई कर्मभुमि बाँकेमा बनाएका समाजसेवी, बुद्धिजिवी, व्यवसायी, अधिवक्ता, पत्रकार लगायतको टिमले बर्दियाली समाज गठन गरेका हुन् ।
बर्दियाका कुनै पनि नागरिक बाँकेमा आई समस्या भोग्न नपरोस भन्ने उद्देश्यका साथ बर्दियाली समाज गठन गरिएको अध्यक्ष भिम रानाभाटले जानकारी दिए । यस्तै समाजको सल्लाहकारमा इश्वर पोखरेल, कानुनी सल्लाहकारमा विकास बज्राचार्य रहेका छन् ।