आज यी चार प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी

काठमाडौँ – हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका तराई भू(भागका केही स्थानहरूमा सामान्य हावा(हुरीको सम्भावना रहेको छ ।

आज राति कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू(भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।