अर्घाखाँचीका कोरोना सङ्क्रमितको कोहलपुरमा उपचारका क्रममा मृत्यु

बाँके – दुर्घटनापछि गम्भिर घाइते भई उपचारको क्रममा कोरोना पुष्टि भएका अर्घाखाँची शितगङ्गा १२ का ४५ वर्षिय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मङ्गलबार विहान निधन भएको छ । उनि भदौ ११ गते उपचारका लागि अस्पतालमा आएका थिए ।

साउन २७ गते दुर्घटनामा परी गम्भिर घाइते  भएका  उनकाे दायाँ करङ्ग भाँच्चिएको, फोक्सोमा पानी र रगत जमेको र नाडीको हड्डी पनि भाँच्चिएको थियो । उपचारकोक्रममा छाँतीमा पाईप हालेर श्वासप्रश्वासमा सहज भएपछि हातको शल्यक्रियाको तयारी गरिएको थियो ।

सोक्रममा पिसिआर जाँच गरिदा कोरोना पुष्टि भएपछि भैरहवा मेडिकल कलेजबाट भिम अस्पतालमा रिफर गरि उपचार थालिएको शिक्षण अस्पताल कोहलपुरले जनाएको छ । (गोरखापत्र)