काठमाडौं – स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना गिरोनासँग बराबरीमा रोकिएको छ ।
सोमबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गिरोनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
नोउ क्याम्पमा रोवर्ट लेवान्डोस्कीले सुरुमै गोल गर्ने अवसर गुमाएका थिए । फुलहमबाट लोनमा आएका गिरोनाका गोलकिपर पाउलो गाज्जानियाले केही राम्रा बचाउ गरेका थिए ।
यस सिजन बार्सिलोनाले घरेलु मैदानमा अंक गुमाएको यो तेस्रो पटक हो ।
बराबरीपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि १५ अंकको अग्रता बनाउने अवसर गुमायो ।
शनिबार रियल मड्रिड भियारियालसँग ३(२ ले पराजित भएपछि बार्सिलोना फाइदा पुगेको थियो । तर जाभीको टिमले पनि गिरोनालाई हराउन सकेन ।
यद्यपि बार्सिलोना रियलभन्दा अझै १२ अंकले अघि छ । २८ खेलबाट बार्सिलोनाको ७२ अंक छ भने समान खेलबाट रियलको ५८ अंक छ ।