दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना : ३ जनाको मृत्यु

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ ।
नेपालगन्जबाट दैलेख आउँदै गरेको मनकामना ग्याँस बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा डिएसपी किसोर लम्सालले जानकारी दिए ।

दुर्घटनामा परी ट्रकमा काम गर्ने दुई जना कामदार र चालक गरी तीन जनाएको मृत्यु भएको हो ।