पिछडिएको तिर्थस्थल त्रिवेणी

अछाम – अछाम जिल्लामा प्रसिद्ध रुपमा चिनिने बैजनाथ धाम एक हो । यसै स्थानमा धेरै लामो समयदेखि तिर्थस्थल नै हो भन्ने कुरा विभिन्न अगुवा बुढापाकाहरुले विवेचना वर्णन अर्तिहरु सुनिन्थे,हाम्रो अछाममा रहेको कमलबजार न.पा ०४ चाल्सा,०५ कुईका र पंञ्चदेवल विनायक नगरपालिका ०१ , कुईका को बग्ने सुन्दर कुईका खोलामा विगतका दिनमा केही अन्तरालसमयमा हाम्रो बाजेहरुसगैं त्यो त्रिवेणी स्थानमा वारि वर पारि पिपलको सुन्दर दृश्यसगैं बिचमा कलकल बग्ने खोलाको सुन्दर आवाजमा बाजे जोगि महाराजले जुझेको हागाँमा शङखध्वानि , भजन, मुर्ति , शिवलिङ्ग राखेर पुरानो समयमा खरानिको चन्दन बनाई पुजामा प्रयोग गर्ने सगैं , आध्यात्मतिर वाजेको झुकाव लगानि मेहनत थियो ।

पछि केही अन्तरालमा औल क्षेत्रवाट अलिमाथि गाउँतिर बर्षातिर , हिउँदमा औलमा बसाइँ सर्ने गाइभैसि खेति किसानमा व्यास्त जिवनशैलि पुर्वजको थियो । यो क्रम चल्दै रहदा पुजा गर्न राखेका जोगि महाराज लगभग दुईबर्ष बसाइँ गरि त्यो ठाउँ छोडेर टाढा जानुभयछ यस्तो कुरा बाजेलाई पत्तो भयन अब सबै धार्मिक सामाग्री लगेर जानुभयो भन्ने अनुमान बाजेले गरे र जान दर्शन गर्न छोडे , ती मुर्ति शिबलिङग सबै त्यहि छोडेर हिडनुभयको रहेछ धेरै बर्ष बित्यो, रुखका हागाँ सुके ती सबै सामग्री खोलामा बालुवामुनि गढे तलमाथि छरपस्ट भय यहाँ खसेको छन भन्ने पनि कसैलाई थाहा भयन हालसालै नुहाउने क्रममा क न पा ०४ चाल्सामा रहने श्री दल साउदले भेट्टाउनुभयो , सबैको मनमा खुसियाली , गर्व महसुस भयो ।

अब मुर्तिको स्थापनाका लागि सम्पूर्ण स्थानिय निकाय वडाध्यक्ष्य श्री दुर्गाप्रसाद तिमिल्सिना ०१ कुइका, श्री सत्यराज तिमिल्सिना ०५ कुईका, श्री मीन ब। साउद ०५ चाल्साले यस विषयमा प्रदेश कार्यालयमा , वन तथा पर्यटन मन्त्रालयसम्म सिफारिस वजेट माग तथा सिफारिस नामाङकन कार्यमा प्रतिबद्दता साथ लागिपर्ने हालका माननीय समानुपातिक प्रदेश सासंद श्री भरत साउद, प्रदेश सासंद माननीय श्री अक्कल ब रावल , प्रतिनिधि सभाका सासंद श्री पुष्प शाह लगायत प्रदेश प्रमुखले पनि पिछडिएको त्रिवेणी क्षेत्र लाई शिवमन्दिर निर्माण , पर्यटन विकास , पुल , सडक विस्तारका लागि आवश्यक पहल गरि तिर्थस्थल बनाउन आवश्यक पर्ने मापदण्ड पूरा गर्ने प्रतिबद्धता गर्नुभयकोमा स्थानिय बासि खुसि छन , साथै कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिका मेयर , उपमेयर ज्यूहरुले यसलाई पर्यटन क्षेत्रमा सिफारिस गरि विकास गर्नतिर सहयोग गरिरहनेछन भन्ने केही आशा छ, सम्बन्धित माननिय बुद्धिजीवीहरुको साथ सहयोगको खाँचो अति आवश्यक ठान्दछु , भेट्टियको स्थान त्रिवेणी पानिमुलमा माथि उल्लेखित माननीय , नगर प्रमुख , उप प्रमुख , वडाध्यक्ष्यको एकमुष्ट ध्यान शिवमन्दिर निर्माण कार्यमा पिछडिएको त्रिवेणी तिर्थस्थलको नाम उच्च बनाउनु हुनेछ , भन्ने आशा , विश्वास यहाँका बुद्धिजीवी अगुवा श्री केशबराज तिमिल्सिना,श्री टिकाराम तिमिल्सिना , श्री उमाकान्त तिमिल्सिना , श्री नितेश कुमार रिमाल , श्री पुर्व पत्रकार वेदप्रकाश तिमिल्सिना, श्री नन्दसिहंचलाउने, श्री लोकेश धमाला, श्री सागर देवकोटा, श्री तिर्थराज ढकाल , श्री मञ्जित भूल, श्री कर्ण वि क , पत्रकार श्री भानु ढकाल , श्री जयरुद्र तिमिल्सिना , श्री देवानन्द ढकाल, पुर्व मानिय श्री विर्ख ब भण्डारी , पुर्व माननीय श्री अम्बिका थापा , श्री ईन्र्दप्रसाद तिमिल्सिना , श्री दुर्गाप्रसाद उपाध्याय , श्री तप्तराज तिमिल्सिना , श्री ओमप्रकाश तिमिल्सिना , श्री गुरु रमेश बजगाई लगायतको माग रहेको छ ।