इन्जिनको सुरक्षा जाँच नसकुन्जेल प्राधिकरणले रोक्यो श्री एयरलाइन्सका उडान

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको छ।

आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन्। जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भएरनभएको परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिने तयारी प्राधिकरणको छ।

केही दिनभित्र जहाजका इन्जिनको सुरक्षा जाँच सकिनेछ। त्यसपछि जहाज उड्न योग्य भएमा श्री एयरलाइन्सका जहाजले उडान भर्ने अनुमति पाउनेछन्।

बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको एक इन्जिनमा आगो लागेको संकेत मिलेपछि जहाजलाई पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले जहाजको इन्जिनका सुरक्षा जाँच नसकिएसम्म श्री एयरलाइन्सलाई उडान नगर्न निर्देशन दिइएको  जानकारी दिए।

श्री एयरलाइन्सका साना(ठूला गरी ८ वटा जहाज छन्।