नेपाललाई पीएनजीमाथि जित्नै पर्ने दबाब

काठमाडौं – विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा आज ९शुक्रबार० पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र पीएजीबीचको खेल नेपाली समयअनुसार ११ः४५ मा सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमा पीएनजीलाई हराएको नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई पराजित ४ विकेटले हराएको थियो । एकदिवसीय मान्यता जोगाउन आजको खेलमा नेपाललाई जित निकाल्नै पर्ने दबाब छ ।

नेपाललाई विश्वकप छनोट खेल्न अब बाँकी सबै खेल जित्नु पर्ने छ । आजको खेलमा जित निकाल्न सकेमा नेपालले लिग–२ मा ४ खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउन सक्ने छ । लिग–२ मा नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ । पीएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।