प्रचण्डसँग छलफल गरेर बालुवाटारबाट निस्किए ओली

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन्।

उनीहरुबीच झण्डै ४० मिनेट छलफल भएको छ। राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे छलफल गर्न ओली बालुवाटार पुगेका थिए। राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ।

१३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाले नेकपा माओवादी केन्द्रलाई गठबन्धनबाट बाहिर जान नदिन एमाले अध्यक्ष ओली निरन्तर कसरतमा छन्।

‘प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष केपी शर्मा ओली बिहानै बालुवाटार पुग्नुभएको छ। उहाँहरुबीच राष्ट्रपतिकै चुनावको विषयमा केन्द्रीत भएर छलफल छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘राष्ट्रपति चुनावको विषयमा विभिन्न अड्कलबाजी सहितका प्रचार हुन थालेपछि प्रचण्ड र ओली छलफलमा बस्नुभएको हो।’