सुनको मूल्य तोलामा ६०० रुपैयाँ घट्यो

काठमाडौं -पाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।