काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने आज अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
बिहीबार बिहान तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।