भूकम्पको गलत हल्लाले चार जिल्लाका स्थानीय रातभर जाग्राम

काठमाडौं – भूकम्प आउने गलत हल्ला फैलिएपछि जुम्ला, हुम्ला, मुगु र बाजुराका केही स्थानीयहरु रातभर घरबाहिर बसेका छन् ।

केही दिन पहिले गएको भूकम्पबारे अनुमान लगाउँदै केही स्थानीयले भ्रम फैलाएपछि चिसोमा घरबाहिरै रात बिताएका हुन् । केही स्थानीय आगो बालेर बाहिरै बसेका छन् ।

नागरिकलाई चिसोमा रातभर घर बाहिर बसाउने गलत काम गर्ने व्यक्तिलाई कारबाहीका लागि खोजी गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएक छन् ।

त्यस्ता, मित्था हल्ला फैलाउनेलाई कारबाहीका लागि सहजीकरण गर्न प्रशासनले अनुरोध गरेको छ । गत माघ १० गते बाजुरालाई केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।