जनकपुरधाम – धनुषामा ६ जना थुनुवा फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका हुन् ।
उनीहरू राति दुई बजेदेखि चार बजेको बीचमा हिरासत तोडेर फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
डीएसपी क्षेत्रीकाअनुसार दुईजना हातहतियार, दुईजना लागुऔषध र अन्य दुईजना अभद्र व्यवहार मुद्दामा थुनामा रहेकाहरु फरार भएका हुन् । उनीहरूको खोजी कार्य तीब्र बनाइएको छ । उनीहरू थुनुवा कक्षको पर्खाल भत्काएर फरार भएको इलाका प्रहरी कार्यालय महेन्द्रको प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।