काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे १६७ मत ल्याएर निर्वाचित भएका छन् ।
बिहीबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गरेका हुन् । घिमिरेले १६७ मत प्राप्त गर्दा न्यौपानेले १०० मत प्राप्त गरेकी छन् ।
घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र रास्वपाका रवि लामिछाने थिए ।
घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।