पल शाहको मुद्दाको बहस सकियो, केहीबेरमा फैसला आउने

काठमाडौं – बलत्कार आरोप लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतमा सुनुवाइ सकिएको छ ।
केहीबेरमा फैसला आउने पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले बताए ।

मुद्दाको सुनुवाइ न्यायाधीश कमलप्रसाद आचार्यको इजलासमा परेको थियो । अहिले फैसला लेख्ने कार्य भइरहेको वाग्लेले बताए ।

मंगलबारको सुनुवाइमा पलको तर्फबाट पाँच जना वकिलले बहस गरेका थिए भने सरकारी वकिलको तर्फबाट एक जनाले बहस गरे ।