सुर्खेत – नेकपा एकिकृत समाजबादी जुम्लाका अध्यक्ष आदी प्रसाद न्यौपाने सहित ठुलो समूह नेकपा एमाले प्रवेश गर्ने तयारी छ ।
चुनावको मुखैमा ठुलो समूहले पार्टी छोड्ने तयारी गरेको हो । जिल्ला अध्यक्ष न्यौपानेसहित शिक्षक संगठन, कर्मचारी संगठन लगाएत भातृ संगठनका अधिकांश व्यक्ति एमाले प्रवेश गर्ने तयारी भएको छ ।
स्रोतका अनुसार आज दिउसो १२ बजेपछि पत्रकार सम्मेलन गर्दै उक्त समूह नेकपा एसबाट एमाले प्रवेश गर्न लागेको हो । नेकपा एसबाट एमाले प्रवेश गर्ने व्यक्तिहरुमा नेकपा एसका जिल्ला, प्रदेश र केन्द्रिय स्तरका नेता समेत रहेको स्रोतले बतायो ।
स्रोतका अनुसार नेकपा एस जिल्ला कमिटिको ठुलो शक्ति एमाले प्रवेश गर्ने तयारी छ । चुनावको मुखैमा नेकपा एसबाट ठुलो समूह एमाले प्रवेश गर्नुले पार्टी र सिंगो बाम गठबन्धनलाई ठुलो धक्का पुगेको छ । यसले आसन्न निर्वाचनमा जुम्लामा फरक नतिजा ल्याउने देखिन्छ ।