यामलालसँग लड्न देवकुमार सुवेदीको सम्भावना बलियो

प्रदेश तथा प्रतिनिधिसमा निर्वाचनको समय नजिकिएसँगै कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगरका १ देखि १४ वटा वडा रहेको सुर्खेत निर्वाचन क्षेन नं २ क मा विभिन्न पार्टीबाट उमेदवारहरु सिफारिस भइरहेका छन्। नेकपा एमालेले वर्तमान प्रदेश सभा सदस्य तथा यामलाल कंडेललाई नै एकल सिफारिस गरेको छ। कांग्रेसले यसअघि प्रदेश सभा निर्वाचनमा एमालेका यामलाल कंडेलसँग पराजित भएका कमल रेग्मी, वीरेन्द्रनगर नगरपालिकाका पुर्वमेयर देवकुमार सुवेदिसहितलाई सिफारिस गरेको छ। गठबन्धन हुने भएका कारण र यो क्षेत्र कांग्रेसको भागमा पर्ने आकलनका साथ माओवादी र नेकपा एसले उमेदवार सिफारिस गरेका छैनन्।
एमालेले यामलाल कंडेललाई नै प्रदेश सभा सदस्यका उमेदवारको रुपमा दोहोर्याउनेगरी एकल सिफारिस गरेपछि कांग्रेसबाट कंडेलसँग भिड्नसक्ने नेताको रुपमा देवकुमार सुवेदीको चर्चा हुन थालेको छ। वीरेन्द्रनगर नगरपालिकाको मेयरको रुपमा पाँच वर्षे कार्यकाल वितासकेका सुवेदी युवामाझ लोकप्रिय नेताको रुपमा परिचित छन्। गठबन्धनबाट देवकुमार सुवेदी नै प्रदेश सभा सदस्यको लागि बलिया दावेदार हुनसक्ने आंकलन सुरु भएको छ। मेयरको कार्यकालमा पनि विवादमा नआएका सुवेदी कांग्रेसको जिल्ला सचिवसमेत हुन्। सुवेदी वीरेन्द्रनगरका युवाहरुमाझ लोकप्रिय नाम रहेकोले पनि यामलाल कंडेललाई पराजित गर्न सक्ने कांग्रेसको बिलयो उमेदवारको रुपमा उनको चर्चा हुन थालेको हो।
‘यामलाल कंडेललाई पराजित गर्न देवकुमार सुवेदी नै उत्तम उमेदवार हुन्।’, कांग्रेस सुर्खेतका एक नेता भन्छन्, ‘संघमा हृदयराम थानी र प्रदेशमा देवकुमार सुवेदी उमेदवार भएमा दुबै निर्वाचन क्षेत्रमा हाम्रो जित हुन्छ। दुबै पक्षको सन्तुलन पनि मिल्छ। सुवेदी यहाँका नागरिकमाझ लोकप्रिय नाम हो।

सुर्खेतमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र छन्। निर्वाचनमा गठबन्धन हुने लगभग निश्चित भएसँगै सुर्खेतका २ वटा प्रदेश निर्वाचन क्षेत्र माओवादीले पाउनेछ। कांग्रेसको भागमा २ प्रतिनिधि सभा र २ प्रदेश सभा बाँकी रहनेछन्। क्षेत्र नं १ मा कांग्रेस उपसभापति पुर्णबहादुर खड्का एकल सिफारिस भइसकेका छन्। संस्थापनइतर समुहबाट क्षेत्र नं २ बाट पुर्व केन्द्रीय सदस्य हृदयराम थानी सम्भावित उमेदवार हुन्। गएको महाधिवेसनबाट सुर्खेतमा आफनो बलियो पकड बनाएको संस्थापन समुहले चारमध्ये कम्तिमा तीन स्थानमा दावी गर्नेछ। प्रतिनिधि सभा २ मा संस्थापनइतर समुहबाट थानीले टिकट पाएमा २ क मा प्रदेश सभामा संस्थापन समुहबाट देवकुमार सुवेदी बलिया दावेदार मानिनेछन्। त्यसो हुँदा प्रतिनिधिसभामा संस्थापनइतर र प्रदेश सभामा संस्थापन समुहको उमेदवारी भइ सन्तुलन हुनेछ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट गेहेन्द्रप्रसाद दाहाल बागी उमेदवार हुँदासमेत विजयी भएका थिए। बागी उमेदवार दाहालले १८97 मत पाएका थिए। सुवेदीले १४४०५ र उनका प्रतिस्प्रधि एमालेका बालाराम शर्माले १३८९९ मत पाएका थिए। जबकी कांग्रेसकी उपमेयरकी उमेदवार जानकी सिंहले १४००२६ मतमात्रै पाएकी थिइन्।

२०७९ को स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षले पाएको मतपरिणामको आधारमा यस निर्वाचन क्षेत्रमा २०३२ मतले गठबन्धन अगाडि छ। यस क्षेत्रमा गठबन्धनको २०६४७ मत हुँदा एमालेको १८६१५ मतमात्रै छ।

गएको स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगरका अधिकांश वडाहरुमा संस्थापनइतर समुहले सहयोग नगरेका कारण यस निर्वाचन क्षेत्रका १४ वटा वडामध्ये १० वटा वडामा कांग्रेस पराजित भएको थियो। यसले पनि कांग्रेसको मत कम देखिएको विश्लेषण हुने गरेको छ।