कोरोना महामारी सुरु हुनुभन्दा अघि कर्णाली प्रदेशमा आठवटा आईसीयू बेड र आठवटै भेन्टिलेटर थिए । प्रदेश अस्पताल सुर्खेतमा पाँचवटा आईसीयू र तीनवटा भेन्टिलेटर तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीनवटा आईसीयू र पाँच भेन्टिलेटर थिए । अहिले कोरोना सङ्क्रमण रोक्न यी दुई अस्पतालमा आईसीयू बेड र भेन्टिलेटर थपिएका छन् । हाल डोल्पा बाहेक अन्य सबै जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा थप गरिएका छन् । स्थापना भएको वर्षाैं बित्दा पनि आईसीयू र भेन्टिलेटर व्यवस्था गर्न नसकेका अस्पतालले कोरोना सङ्क्रमण सुरु भएको पाँच महिनाको अवधिमा आईसीयू र भेन्टिलेटर सेवा थप गर्ने अवसर पाएका छन् ।
अहिले कर्णाली प्रदेशमा २६ वटा भेन्टिलेटर र ६२ वटा आईसीयू बेड पु¥याइएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशक रिता भण्डारी जोशीले कोरोना सङ्क्रमण रोक्न अहिले प्रदेशमा भेन्टिलेटर र आईसीयू बेड थप गरिएको बजानकारी दीईन् । आईसीयू बेड र भेन्टिलेटर थप हुनुलाई ठूलो उपलब्धि मानिएको छ ।
यस्तै कर्णालीका चार स्थानमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरिएका छन् । सुर्खेतको प्रदेश अस्पताल/ पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दैलेख अस्पताल र रुकुम चौरजहारीमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना
गरिएका छन् ।
कहाँ कति आइसियु र भेन्टिलेटर
जिल्ला अस्पताल दैलेखमा २ भेन्टिलेटर र ५ आइसियु संख्या छ भने जिल्ला अस्पताल जाजरकोटमा १ भेन्टिलेटर २ आइसियु रहेको छ । यसैगरी जिल्ला अस्पताल सल्यानमा १ भेन्टिलेटर र २ आसियु, जिल्ला अस्पताल रुकुम पश्चिममा १ भेन्टिलेटर र २ आइसियु, जिल्ला अस्पताल हुम्लामा २ भेन्टिलेटर र ५ आइसियु, जिल्ला अस्पताल मुगुमा १ भेन्टिलेटर र २ आइसियु, जिल्ला अस्पताल कालिकोट २ भेन्टिलेटर ५ आइसियु सख्या रहेको छ ।
यस्तै, प्रदेश अस्पताल सुर्खेतमा १० भेन्टिलेटर र २५ आइसियु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ भन्टिलेटर १० आइसियु, चौहरजहारी अस्पताल रुकुम पश्चिममा ४ वटा आइसियु रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश अस्पतालको आइसियुमा राखेर हालसम्म ६ जना कोभिड–१९ का बिरामीलाई उपचार गरिएको प्रदेश अस्पतालका डाक्टर प्रदिप न्यौपानेले बताए । उनका अनुसार उपचारका क्रममा एकजनाको मृत्यु भयो भने ५ जना उपचारपछि डिस्चार्ज भैसकेका छन् । कर्णाली प्रइदेशमा हालसम्म कोरोना संक्रमितलाई भेन्टिलेटरमा भने राख्न परेको छैन ।