सुर्खेत – समाजसेवा यातायात प्रा.लीले सुर्खेतमा आफ्नो सेवा प्रवाहलाई तिब्र दिएको छ । सुर्खेतको वीरेन्द्रनगर स्थित शनिहल लाईनमा प्रधान कार्यालय स्थापना गर्दै समाजसेवा यातायात प्रा.ली ले आफ्नो सेवा प्रवाहलाई तिब्रता दिएको हो ।
प्रा.ली ले बुधबार एक औपचारिक कार्यक्रमकाबिच आफ्नो प्रधान कार्यालय समेत उद्घाटन गरेको छ । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटनपछि प्रा.ली लाई शुभकामना सन्देश व्यक्त गर्दै मन्त्री रोकायाले समाजसेवा यातायात प्रा.ली नाम जस्तै राम्रो काम गरेर अघि बढ्ने अपेक्षा गरे । अन्य यातायात क्षेत्रमा भएका कमिकमजोरीको सिको गर्दै अघि बढनुपर्ने भन्दै मन्त्री रोकायाले यातायात क्षेत्रका समस्या समाधानका लागि पहल जारी रहेको बताए ।
साथै मन्त्री रोकायाले अटोरिक्सा चालकहरुलाई समेत गाडीमा भाडादर टाँस गर्न निर्देशन दिदै भाडादरको सूची समेत वितरण गरेका थिए । कार्यालय उद्घाटन कार्यक्रम नेकपा समाजबादी सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालको विशेष आतिथ्यता तथा समाजसेवा यातायात प्रा.ली का अध्यक्ष धुव्र थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै समाजसेवा यातायात प्रा.ली का अध्यक्ष धुव्र थापाले अव्यवस्थित यातायात सेवालाई व्यवस्थित बनाउन प्रा.ली लागि परेको बताए । प्रा.ली स्थापनाको छोटो समयमा १ सय ८० सवारी आवद्ध भएको बताउँदै अध्यक्ष थापाले आगामी योजनामा सुर्खेत, काठमाडौं रात्री बस सेवादेखि कर्णाली प्रदेशभर यातायात सेवा प्रवाह गर्ने तयारी रहेको जानकारी दिए ।
साथै कार्यालय उद्घाटनका अवसरमा प्रा.ली का सचिव शिवराज रोकाय, कोषध्यक्ष सरस्वती बुढा लगाएत सबै पदाधिकारीलाई मन्त्री रोकाया र अन्य अतिथिले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।