पोखरा – बायाँ इन्जिनमा समस्या देखिएपछि पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमान ६ मिनेटमा नै पोखरा विमानस्थलमा इमर्जेन्सी अवतरण गरेको छ ।
पोखरा विमानस्थलबाट बिहान ८ः५४ बाजे काठमाडौंका लागि उडेको यति एयरको बायाँ इन्जिन फेल भएको जानकारी क्याप्टेनले दिएका थिए ।
पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार जहाजमा ४५ जना यात्रु सवार थिए । उडान भरेको ६ मिनेटमा नै अवतरण भएको जहाजका सबै यात्रु सकुसल रहेका छन् ।
जहाजमा सामान्य समस्या देखिएपछि एउटा इन्जिन बन्द गरेर जहाज अवतरण गरिएको यति एयरले जनाएको छ । क्याप्टेनका कारण सफल अवतरण गर्न सफल भएको यति एयरले जनाएको छ ।